बाढीले बगाउँदा मृत्यु भएकी बालिकाको परिवारलाई पालिकाले दियो ५० हजार

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुरको मनहरी गाउँपालिकाले खोलाले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई ५० हजार हस्तान्तरण गरेको छ। शुक्रबार गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीेले बागमती प्रदेश सदस्य इन्द्रबहादुर बानियाँको उपस्थितिमा मृतक बालिकाको बुबा जितेन्द्र गुरुङलाई चेक हस्तान्तरण गरेका छन् ।

घरनजिकैको खोल्सामा एक्कासि आएको बाढीले बगाएर मनहरी– ८ की बालिका रञ्जिता गुरुङको मृत्यु भएको थियो । गत २५ भदौमा विद्यालयबाट फर्किने क्रममा परेको अविरल वर्षाका कारण आएको बाढीले घरनजिकैको खोल्साले बालिका गुरुङलाई बगाएको थियो ।
 

See More On

सुझावित समाचार