काठमाडौं महानगरपालिका–१६, बालाजु वनस्थली ढुंगधारा नर्सरी चोकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
सयपत्री नर्सरीमा काम गरी बस्ने प्युठान झिमरुक गाउँपालिका–६ घर भएका पूर्ण कुमालको छोरा १६ महिनाका प्रिन्स कुमालको सोही नर्सरीभित्र रहेको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
डुबेर अशक्त भएका उनको ओम साइबाबा अस्पताल ढुंगेधारामा उपचारका क्रममा मृत्यु भएको हो।