विकास लामिछाने अभिनित ‘अनौठो तृष्णा’ अमेजन प्राइममा

मंगलबार, १ असोज, २०८१
डिजिटल संस्करण

चलचित्र ‘अनौठो तृष्णा’ ओटिटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ। चलचित्रमा विकास लामिछाने, श्रृष्टि खड्का, विजय बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, एलिसा शर्मालगायतका कलाकारको अभिनय रहेको छ।

स्टोर्मक्रो प्रोडक्सन र स्टोर्मक्रो फ्रेमवर्कको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको कथा बाबुराम निरौलाले लेखेका हुन्।

आउँदो अक्टोबर ८ मा अमेजन प्राइममा अमेरिका, बेलायत र जर्मनीको टेरिटोरीभित्र रिलिज हुने चलचित्रलाई नेपालको हलमा समेत रिलिज गरिने निर्माण पक्षले जनाएको छ।

फरक-फरक परिवारको कथामा निर्माण गरिएको चलचित्रको छायांकन डेढ वर्षअघि गरिएको हो। नेपालमै नेपाली भाषामा निर्माण भएको यो चलचित्रले फरक-फरक कथालाई अन्तिममा एकैठाउँमा जोड्ने प्रयास गरेको छ।

निराजन प्रधान निर्देशित चलचित्रको निर्माण भने सिक्किममा भएको हो। यो चलचित्र विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत पुगिसकेको छ।

सुझावित समाचार