फासीवादविरुद्वको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काराकसमा सम्पन्न

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

आर्थिक नाकाबन्दीविरुद्ध संघर्षरत भेनेजुयलाले फासीवाद र नवफासीवादविरुद्व १०० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।

काराकसमा सम्पन्न सम्मेलनमा नेपालबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं वाइसिएल अध्यक्ष सुवोध सेर्पाली र नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य माधव पन्त सहभागी भएका छन्।

कार्यक्रमको दोस्रो दिन भेनेजुयलाका राष्ट्रपति निकोलस मधुरोले सम्मेलनलाई सम्बोधन गर्दै मुलुकको स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको लागि बोलिभारियन जनता सक्षम रहेको बताए।

उनले भने, ‘आजको साम्राज्यवादले प्रविधिलाई हतियार बनाउँदै हरेक क्षेत्रमा टेक्नोलोजिकल हस्तक्षेप गर्दै आएको छ। सामाजिक संजालमार्फत साम्राज्यवाद र फासीवाद डरलाग्दो गरी विकास भइरहेको छ। संसारभरि साम्राज्यवादको फासीवादी र नवफासीवादी आक्रमणबाट विक्षिप्त बनेकाले समाजवादी व्यवस्था निर्माणको लागि संसारभरिका मजदुर, किसान र सर्वहारा वर्ग एकजुट हुनुपर्छ।’

मानव अधिकार, न्याय, स्वतन्त्रता र प्रगतिशील उन्नत समाज निर्माण गर्न सम्मेलन आयोजना गरिएको बताइएको छ। सम्मेलनको उद्घाटनमा भेनेजुयलाकी उपराष्टपति डेल्सी रोड्रिगेज र अरू देशका समाजवादी नेताहरूले मन्तव्य राखेका काराकसबाट माधव पन्तले जानकारी दिए।

See More On

सुझावित समाचार