मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिदमा छुट

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबिच बैंकका कर्मचारी र ग्राहकहरूलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यावसायिक सम्झौता भएको छ।

एक कार्यक्रमबिच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनयरत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए।

सम्झौताबमोजिम आगामी दिनमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरूले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा आठ प्रतिशतसम्म छुट पाउने जनाइएको छ।

बुद्ध एयरका मार्केटिङ सेल्सका निर्देशक रूपेश जोशीले अब केही दिनभित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए।

सुझावित समाचार