मानव तस्करीको अभियोगमा कलाकार ‘इकु’ पक्राउ

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

सुलेमान शंकर ‘इकु’ नामबाट परिचित ललितपुर महानगरपालिका– २४ धापाखेलका ४० वर्षीय सूर्यमान शंकरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले कलाकार भिसामा मानव तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको हो ।

नेपाल प्रहरीअन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार उनले कलाकार बनाएर अमेरिका, क्यानडा, दक्षिण कोरिया, अस्ट्रेलियालगायत मुलुकमा लैजाने प्रलोभनमा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म असुल्दै आएका थिए ।

यसका लागि उनले बैंक एकाउन्ट, स्टेटमेन्टदेखि सबै कागजात नक्कली बनाउँथे । सोही कागजातका आधारमा विदेश लैजाने प्रलोभन दिन्थे । चारजना पीडितको जाहेरीपछि सिआइबीले अनुसन्धान गरेको थियो । सोही आधारमा सिआइबीले उनलाई बुधबार बुढानीलकण्ठ– ३ हात्तीगौँंडाबाट पक्राउ गरेको हो ।

घटना सम्बन्धमा सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले भने, ‘सुलेमान शंकरलाई मानव तस्करी अभियोगमा पक्राउ गरिएको छ । कलाकार बनाई नेपाली नागरिकलाई विदेश तस्कर गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हामीकहाँ चारजनाले जाहेरी दिएका थिए । सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।’
 

See More On

सुझावित समाचार