ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा बुधबार सरकारी कार्यालयका प्रमुखहरूसँग भएको बैठकमा मन्त्री खड्काले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेकाले जनतालाई अनुभूति दिलाउने गरी जनताको काम छिटोछरितो गर्न निर्देशन दिएका हुन्।
‘उच्च मनोबलका साथ जनताको काम चाँडो सम्पन्न हुने गरी गर्नुहोस्, सरकार तपाईंहरूको साथमा छ,’ उनले भने। वर्तमान सरकार स्थायी सरकार भएको दाबी गर्दै उनेल कर्मचारीलाई ढुक्क भएर कार्यसम्पादन गर्न आग्रह गरे। मन्त्री खड्काले पूर्वी पहाडी जिल्लाका समस्यालाई सम्बोधन गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।