प्रहरीले नियन्त्रणमा लिएर छाडेलगत्तै कोशीका पूर्वमुख्यमन्त्री कार्की पुनः अनसनमा

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

प्रहरीले नियन्त्रणमा लिएर घर छाडेलगत्तै कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले देवकोटा चोकमा पुनः आमरण अनसन थालेका छन्।

उनले कोशी प्रदेश सभानजिकै निषेधित क्षेत्रबाहिर देवकोटा चोक पुर्वमा पुनः अनसन थालेका हुन्। दिउँसो साढे चार बजेदेखि आमरण अनसनमा बसेका कार्कीलाई प्रहरीले साँझ नियन्त्रणमा लिएर घर छाडिदिएको थियो।

कार्कीले आफू मुख्यमन्त्री हुँदा घोषणा गरेका कार्यक्रमहरु कटौती भएको भन्दै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र उनको सरकारविरुद्ध आमरण अनसन थालेका हुन्।

उनी मंगलबार दिउँसो कोशी प्रदेश सभा भवनअगाडि निषेधित क्षेत्रमा अनसन बसेका थिए। कार्की आमरण अनसनमा बस्ने भएपछि मोरंग प्रशासनले मंगलबार दिउँसोदेखि विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो।

सुझावित समाचार