हम्मर प्रहार गरी दुईजनालाई घाइते बनाउने एक पक्राउ

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

रामेछापको मन्थली नगरपालिकामा फलामको हम्मरले दुईजनाको टाउकोमा प्रहार गरी घाइते बनाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका– ४ घर भई हाल मन्थली नगरपालिका– १ बस्ने वर्ष ४६ का सोमबहादुर माझी रहेका छन्। उनले शुक्रबार राति मन्थली नगरपालिका– १ स्थित २४ वर्षका रोशन नेपाली र रामेछाप नगरपालिका– ८ का वर्ष २९ का ओमकार सार्कीलाई फलामको हाते हम्मरले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए।

शुक्रबार राति मन्थली नगरपालिका– १ स्थित वर्ष २२ की संगीता नेपाली र माझीबिच विवाद भएको थियो। विवादकै क्रममा संगीता नेपालीका श्रीमान् रोशन नेपाली र ओमकार सार्कीले सम्झाउँदै गर्दा माझीले फलामको हम्मरले अन्धाधुन्ध प्रहार गरेका थिए।

प्रहरीले घाइते अवस्थामा फेला परेका दुईजनालाई उपचारका लागि मन्थली अस्पताल पठाएको र माझीलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी रामेछाप जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए।
 

सुझावित समाचार