चट्याङ लागेर दुई वर्षीय बालकको मृत्यु

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

दैलेखको आठबिस नगरपालिका– ५ पिपलकोटमा चट्याङ लागेर दुई वर्षीय बालक रोशन विष्टको मृत्यु भएको छ । बुधबार दिउँसो कमला विष्टको घरमै चट्याङ परेको थियो । बज्यै कमला विष्ट र नाति रोशन विष्ट मात्र घरमा भएको वेलामा चट्याङ परेको आफन्तले जानकारी दिएका छन् ।

४० वर्षीय विष्ट पनि चट्याङकै कारण घाइते भएको र उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी सुनील दाहालले जानकारी दिए। बुधबार आठबिस नगरपालिका– ५ पिपलकोटमा परेको चट्याङले दुईवटा घरमा क्षति पुर्याएको छ ।  

भदौ महिनाको सुरुवातदेखि नै दैलेखका विभिन्न भू–भागहरूमा लगातार चट्याङ परिरहेको छ । विशेष गरेर दैलेखको महावु क्षेत्र, नारायण नगरपालिका, भगवतीमाईलगायतका क्षेत्रमा चट्याङले धेरै क्षति गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। 

दुई सातायता दैलेखको महावु गाउँपालिकामा चट्याङका कारण नौजना घाइते भएका छन् भने नारायण र भगवतीमाईमा परेको चट्याङले पशुचौपाया र बाख्रा मरेको प्रहरीले जानकारी दिएको छ । 
 

See More On

सुझावित समाचार