समाजसेवी दामोदर अधिकारीको पुस्तक ‘आर्यदर्शनमा नारी अस्ति हिजो र आज’ विमोचन भएको छ । मस्र्याड्दी वाड्मय प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रा.डा. जयराज आचार्यले पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकमा वेद, नीति, उपनिषद्, पुराण, आर्यदर्शन र इतिहाससम्बन्धी १७ लेख समावेश छन् । पुस्तकमा आत्मा, प्रकृति, जीव, जगत्, पदार्थ र धर्मको विश्लेषणसहितका लेख रहेको लेखक अधिकारीले बताए । उनका अनुसार आर्यदर्शनको अनुसन्धानका आधारमा पुस्तक तयार भएको छ ।