त्रिविमा सरकार संरक्षित आतंक बढेको भन्दै सात विद्यार्थी संगठनको विरोध

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण
त्रिविमा सरकार संरक्षित आतंक बढेको भन्दै सात विद्यार्थी संगठनको विरोध

तस्बिर : संजित परियार

त्रिभुवन विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप र आतंक रोक्नुपर्ने माग गर्दै सात विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । शुक्रबार अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौँ) र अखिल नेपाल विद्यार्थी युनियनले त्रिविमा सरकार संरक्षित गुन्डागर्दी र राजनीतिक आतंक भइरहेको भन्दै प्रदर्शन गरेका हुन् । 

सात विद्यार्थी संगठनले उपकुलपतिलगायत पदाधिकारीको सुरक्षा प्रत्याभूत हुनुपर्नेे मागसमेत राखेका छन् । त्रिविमा समाजशास्त्र विभाग प्रमुख सिफारिसलाई लिएर सत्तारूढ दल कांग्रेस र एमालेका विद्यार्थी संगठनबिच तनाव छ । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले त्रिविलाई राजनीतिक हस्तक्षेप र गुन्डागर्दीबाट बचाउनुपर्ने बताइन् । उनले भनिन्, ‘त्रिविमा अहिले जे–जस्तो गुन्डागर्दी र अराजकता पैmलाउने काम भइरहेको छ, यो तुरुन्त रोक्नुपर्छ । पदाधिकारीको सुरक्षा सुनिश्चित गर्नुपर्छ । रोकिएन भने परिणाम ठिक हुन्न ।’

See More On

सुझावित समाचार