काभ्रेमा एक महिनामा डेंगुका ३६ बिरामी

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

काभ्रे जिल्लामा एक महिनाकाे अवधिमा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको विवरणअनुसार साउनमा ३६ जनामा डेंगु संक्रमण भएको पाइएको हाे। जसमा १९ जना पुरुष र १७ जना महिला रहेका छन्।

जिल्लाका १३ स्थानीय तहमध्ये ८ पालिकामा डेंगु संक्रमण देखिएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिकामा ८ जना, बनेपा नगरपालिकामा ८ जना, पनौती नगरपालिकामा ९ जना, पाँचखाल नगरपालिकामा २ जना, नमोबुद्ध नगरपालिकामा २ जना, भुम्लु गाउँपालिकामा ३ जना, रोशी गाउँपालिकामा ३ जना र तेमाल गाउँपालिकामा १ जना डेंगु संक्रमित फेला परेका हुन्।

हालसम्म मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, बेथानचोक गाउँपालिका र चौरीदेउराली गाउँपालिकामा डेंगु संक्रमण देखिएको छैन।
 

सुझावित समाचार