बाजुराको बडिमालिका नगरपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका– ७ का ३३ वर्षीय मानबहादुर विष्ट रहेकाे प्रहरीले जनाएकाे छ । बिजुलीको काम गर्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो ।
शनिबार दिउँसो बडिमालिका नगरपालिका– ६ जडांगामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर विष्ट घाइते भएका थिए । घाइते विष्टलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल पुर्याएको केही समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिलीप गिरीले जानकारी दिए ।