अस्पतालबाट फरार कैदी एक हप्तापछि पक्राउ

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

अस्पतालबाट फरार भएका एकजना कैदीलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ। विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउँदै आएका मोरङ कारागारका कैदी विराटनगर– ८ का २४ वर्षीय मोहम्मद अहमदलाई प्रहरीले सात दिनपछि पक्राउ गरेको हो। 

बलात्कार कसुरमा १२ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय पाएका कैदी मोहम्मद कोशी अस्पतालमा पेटको उपचार गराउने क्रममा प्रहरीलाई झुक्याएर १७ साउनमा फरार भएका थिए।

उनलाई इप्रका रानीको टोलीले जहदा गाउँपालिका– १ तारेगामास्थित नेपाल–भारत सीमाक्षेत्रबाट २४ साउन बिहान पक्राउ गरेको कोशी प्रदेश प्रहरी विराटनगरले जनाएको छ। कैदी मोहम्मद २९ फागुन ०७९ देखि बालिका बलात्कार कसुरमा कैद सजाय भुक्तान गरिरहेका थिए । 
 

सुझावित समाचार