नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

पहिरोका कारण नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ। पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमा पहिरो खसेपछि बिहान साढे ७ बजेदेखि नै यस सडकखण्डमा यातायात ठप्प भएकाे हाे।

चितवनकाे इच्छाकामना गाउँपालिका– ४ पृथ्वी राजमार्गस्थित नाग्दी खोला सडकमाथिबाट ढुंगासहितको पहिरो आई सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पन्छाउन डेढ घण्टा लाग्ने अनुमान छ ।

सुझावित समाचार