सदरमुकाम खलंगामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। महाकाली नगरपालिका- ४ तिङकरखेडामा गएराति १२ बजे चक्कु प्रहारबाट २४ वर्षीय सरोजसिंह धामी गम्भीर घाइते भएका छन् ।
पेटमा चक्कु प्रहारबाट धामीको आन्द्रा बाहिर निस्किएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । उनको जिल्ला अस्पतालमा उपचारमा हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार प्रहरीले धामीसँगै रहेका चारजनालाई नियन्त्रणमा लिएको छ। अहिलेसम्म चक्कु आफैँले प्रहार गरेको बताइएको छ । उनीहरूलाई सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।