सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज शपथ लिने

सोमबार, २१ साउन, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सोमबार शपथ लिँदै छन् । दिउँसो साढे ३ बजे शपथग्रहण समारोह तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह एमालेसमेतको समर्थनमा आइतबार दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । शाहले यसअघि करिब १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

मुख्यमन्त्रीको शपथसँगै सरकारलाई पूर्णता दिने गरी मन्त्रीहरूको समेत शपथ गराउने तयारी छ । दुई दलबीच मन्त्रालय भागबन्डाको टुंगाे लागेको बताइएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित तीन, एमालेले तीन र नागरिक उन्मुक्तिलाई एउटा मन्त्रालय दिने सहमति भएको नेताहरूले बताएका छन् । तीनजना राज्यमन्त्रीसमेत थप्ने तयारी छ ।

पार्टीबाट मन्त्रीको नाम टुंग्याउन कांग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दै छ । त्यस्तै, एमालेले मन्त्रीको नामबारे निर्णय गर्न दिउँसो २ बजे संसदीय दलको बैठक आह्वान गरेको छ।

सुझावित समाचार