सार्वजनिक लेखा समितिको बैठक बसिरहेको छ। सिंहदरबारस्थित समितिको हलमा जारी बैठकमा डेडिकेटेड र टंकलाइन महसुलको विवादमाथि छलफल चलिरहेको छ।
महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेर जोडेको सन्दर्भमा सार्वजनिक लेखा समितिले अघिल्लो साता पनि छलफल गरेको थियो।
गत १० र ११ गते उद्योगीलाई बोलाएर छलफल गरेको समितिले आज ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतका अधिकारीसँग छलफल गरेको थियो।
आजको बैठकमा पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलगायतका अधिकारी तथा उद्योगीहरूलाई बोलाइएको छ। अघिल्लो साताको बैठकमा उद्योगीहरूले प्राधिकरणले प्रमाणविना बिलिङ गरेको आरोप लगाएका थिए।
शुक्रबार बसेकाे सार्वजनिक लेखा समितिको बैठक । तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका।




