कर्णाली प्रदेश सरकारमा चार मन्त्रीसहित कांग्रेस सहभागी हुँदै

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुने भएको हो ।

नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चारजना मन्त्री सहभागी हुने भएका छन्। कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेलसँग आज दिउँसो मन्त्रीको नाम बुझाउने कांग्रेसले जनाएको छ । संसदीय दलका तर्फबाट मन्त्रीहरूको नाम दिउँसो १ बजे मुख्यमन्त्रीलाई बुझाउने कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले बताए । 

कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री  घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा हुन लागेका छन् ।

सुझावित समाचार