नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका– २६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेटनजिक पार्किङ गरेर राखेको बा.२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका– १३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारीको शव फेला परेको जानकारी दिए।

शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार