एमाले सचिवालय बैठक बिहीबार बस्ने

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

नेकपा (एमाले)को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्नेछ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ। गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार कार्यविभाजनसम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

सुझावित समाचार