जनताको टुटेको भरोसा जोड्न नयाँ सरकार बनेको हो : प्रधानमन्त्री ओली

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले देशमा बढेको निराशा हटाएर तीव्र आर्थिक विकासतर्फ लम्किन वर्तमान सरकार गठन भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुअघि मन्तव्य व्यक्त गर्दै ओलीले देशप्रति जनताको टुटेको भरोसा जोड्नका लागि नयाँ सरकार बनेको बताएका हुन्।

४६ सालपछिको पुस्ताले यति चरम निराशा कहिल्यै भोग्नुपरेको थिएन भन्दै उनले जनतामा छाएको तीव्र निराशा चिर्न र जनतामा आशा र उत्साह जगाउन सरकार कटिबद्ध रहने जिकिर गरे।

‘देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्रीले भने, ‘जनतामा भरोसा जगाउने गरी काम गर्न हाम्रो सरकारका मुख्य पाँचवटा प्राथमिकता रहेका छन् ।’

सुझावित समाचार