संवैधानिक परिषदमा बहुमत जुटाउन उपसभामुखमाथि षडयन्त्र भइरहेको छ : रास्वपा

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले उपसभामुखको नामबाट मिडिया ट्रायल भइरहेको बताएकी छिन्। 
उनले अनेक त्याग गरेर यहाँसम्म आइपुगेको व्यक्तिलाई मानव तस्करीको गम्भीर आरोप लगाइएको भन्दै आक्रोश व्यक्त गरिन्।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर उनले भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिकी पठाउन तस्करी गर्नेहरूको ‘डिक्लेयर’ गर्नसमेत चुनौती दिइन्।

उनले उपसभामुखमाथि यस्तो गम्भीर आरोप लगाउनुको कारण संवैधानिक परिषदमा बहुमत हासिल गर्नु रहेको बताइन्।

‘उपसभामुखको नामबाट लगातार मिडिया ट्रायल भइरहेको छ । यसको कारण अरू होइन, संवैधानिक परिषदमा बहुमत जुटाउन यस्तो प्रचार गरिएको हो,’ उनले भनिन्, ‘संवैधानिक परिषदमा प्रतिनिधित्व छैन भने माग्नुस् हो माग्नुस् दिउँला।’

सुझावित समाचार