मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सोमबार, १८ असार, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बिहान ११ बजेर १५ मिनेटमा सुरु भएको बैठकमा एकजना पनि मन्त्री उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। 

प्रतिनिधिसभा नियमावलीअनुसार बैठकमा मन्त्रिपरिषद्को सदस्य उपस्थित हुनुपर्छ। कांग्रेसका रामकृष्ण यादवले कुनै मन्त्रीको उपस्थिति नरहेको भन्दै नियमापत्ति गरेपछि सभामुख घिमिरेले बैठक स्थगित गरे। 

आजको बैठकमा गृह, अर्थ र शिक्षामन्त्रीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची थियो ।
 

सुझावित समाचार