तुलसीपुरमा एक युवकमाथि चक्कु प्रहार

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

दाङको तुलसीपुरमा मंगलबार बिहान एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । बुधबार बिहान १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ४ मजवा ठूलाखाली चोकमा सामान्य विवाद हुँदा २४ वर्षीय गोरखलाल खड्कामाथि चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

सोही ठाउँका २१ वर्षीय पवन केसीसहितका व्यक्तिले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ ।  चक्कु प्रहार हुँदा ढाडमा गहिरो चोट लागेका खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नर्सिङहोम नेपालगन्ज लगिएको छ । 

चक्कु प्रहार गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । पवन केसीसहित सोही ठाउँका १८ वर्षीय झग्गु वली र २२ वर्षीय विकास पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । साथै उनीहरूको साथबाट रा ६ प ५०, रा ४ प ५२४ र रा ६ प ४०६५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
 

सुझावित समाचार