जनता समाजवादी पार्टी नेपालको महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। १८ वर्षपछि पहिलोपटक राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सुरु भएको हो।
महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले नेता लीलानाथ श्रेष्ठ, समाजवादी मञ्चका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, राप्रपाका उपाध्यक्ष बुद्धिराम तामाङ, रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्ले, लोसपका जितेन्द्र सोनलसहितका सहभागी छन्।
पार्टी विभाजन भए पनि अध्यक्ष यादवले पूर्वघोषित समयमै महाधिवेशन गर्न लागेका छन्। महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन भारतीय कंग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजानको अजबैजान समाजवादी पार्टी, स्पेन, चीन, इन्डोनेसियालगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधि आएको सजपा नेपालले जनाएको छ।
देशभरिबाट करिब एक हजार दुई सय महाधिवेशन प्रतिनिधि सहभागी भएको महाधिवेशन ३० जेठसम्म चल्नेछ।