कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो।

थापाथलीस्थित कार्यालयबाटै प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो। उनलाई  प्रहरीले मंगलबार नै जिल्ला प्रहरी कार्यालय धनुषा लैजाने तयारी गरिएको छ। सिरोहियाले आफूलाई प्रतिशोध साध्दै पक्राउ गरिएको बताएका छन्।

सुझावित समाचार