कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ : एमाले अध्यक्ष ओली

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरेका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता रहेको पनि बताए। ‘अहिले मूल विषय भनेको जनताका समस्या समाधान गर्नु हो,’ उनले भने, ‘त्यसका लागि राजनीतिक दलबीच एकता, सहकार्य र सहमति आवश्यक छ। त्यसैले कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ र संसद्को गतिरोध अन्त्य गर्नुपर्छ।’ 

सुझावित समाचार