भारतको कर्नाटकमा बैतडीका दाजु-बहिनीको शंकास्पद मृत्यु

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

बैतडीको पुर्च्याैडी नगरपालिका– ४ भोडरका दुई दाजु–बहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ।

बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजदुरी गरिरहेका नन्दसिंह धानुकका १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शंकास्पद मृत्यु भएको मृतकका आफन्त जीवन धामीले जानकारी दिए। 

‘दुवै दाजु–बहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्,’ धामीले भने, ‘दुवैको शरीरमा चोटपटक देखिन्छ।’ 

बुबा–आमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब ६ महिनाअघि मात्रै भारत गएका थिए। मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ। घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ।
 
‘सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो,’ धामीले भने, ‘तर, अझै शव अस्पतालमै छ।’ मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरेका छन्। 

See More On

सुझावित समाचार