नेपालमा राजनीतिक अस्थिरता ल्याउन बौद्धिक जगत प्रयोग भए : महासचिव पोखरेल

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण
नेपालमा राजनीतिक अस्थिरता ल्याउन बौद्धिक जगत प्रयोग भए : महासचिव पोखरेल

फाइल तस्बिर

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय जगतले नेपालमा राजनीतिक अस्थिरता ल्याउन बौद्धिक जगतलाई प्रयोग गर्ने गरेको आरोप लगाएका छन्।

नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेला समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्न अनेक तरिका अपनाउने गरेको र बढी दुरुपयोग बौद्धिक जगत् हुने गरेको टिप्पणी गरे।

नेपालको हित मात्र नभई सिंगो एसियालाई पुरानो विरासतबाट फर्काउनमा नेपालको महत्त्वपूर्ण भूमिका हुने उनको धारणा छ। 

महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता नेपालको चुनौती रहेको बताउँदै मुलुकको विकास र समृद्धिका लागि दूरदर्शी नेतृत्व र बलियो राजनीतिक दल आवश्यक रहेको औँल्याए। उनले राजनीतिक परिस्थिति बदलिए पनि सामाजिक मनोविज्ञान बदल्न नसकेको स्वीकार गरे।

‘जबसम्म सामाजिक मनोविज्ञान बदल्न सक्दैनौँ, तबसम्म राष्ट्र निर्माणका लागि अनुकूल आधार निर्माण हुन सक्दैन। त्यस अर्थमा हामीले राज्यलाई कमजोर होइन बलियो बनाउनुपर्दछ। राज्यसँग जनतालाई जोड्नुपर्दछ,’ उनले भने।

विकास र समृद्धिको यात्रामा राज्य र जनतालाई जोड्ने राजनीतिक दलको कार्यभार रहेको उनको भनाइ थियो।

सुझावित समाचार