गुल्मीको रेसुंगा क्षेत्रमा भीषण आगलागी

बिहिबार, २२ चैत, २०८०
डिजिटल संस्करण

करोडौँको ‘रेसुंगा पार्क’ जोखिममा

गुल्मीको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएकाे छ ।  आगलागी हुँदा करोडौँको ‘रेसुंगा पार्क’ जोखिममा परेको छ । आज बिहानबाट रेसुंगा पार्क क्षेत्रमा भीषण आगलागी भएका कारण पार्क जोखिममा परेको छ ।

पार्कनजिकैको सल्लेरीबाट भीषण आगो पार्कनजिकै पुगेको छ । रेसुंगा पार्क ३.९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । रेसुंगा पार्क पाँच करोड ५९ लाख ५३ हजारको लागतमा निर्माण भएकाे हाे ।

पार्क क्षेत्रभित्र भ्युटावर, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पट, दुई शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरीलगायतका संरचना निर्माण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले पार्क सुरक्षित गर्न सुरक्षाकर्मी परिचालन हुने बताए । रेसुंगा नगरपालिकाको दमकल भर्खरै गर्जुरा क्षेत्रमा गएको छ ।

तर, ठूलो सल्लेरी, आगो ठूलो र दमकल पुग्ने तम्घासतिरको भागमा सडक नभएकाले नियन्त्रणमा समस्या रहेको सुरक्षाकर्मीहरूको भनाइ छ । २१ चैतमा पनि रेसुंगा क्षेत्रमा आगलागी भएको थियो ।

सुझावित समाचार