लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव निलम्बित

आइतबार, १३ फागुन, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवलाई भ्रष्टाचारको मुद्दा लागेपछि  प्रदेश सभा सदस्यबाट निलम्बन गरिएको छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकाले उनी स्वतः  निलम्बनमा परेको लुम्बिनी प्रदेश सभा सचिवालयले शनिबार सूचना जारी गरी जानकारी दिएको हो । 

प्रदेश सभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गरी यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार निलम्बन गरिएको जानकारी दिए । यादवविरुद्ध सार्वजनिक सम्पत्ति (वन पैदावार)को हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने विषयमा फागुन ८ गते विशेष अदालतमा मुद्दा परेको हो । 

उनी कपिलवस्तु क्षेत्र नम्बर ३ को २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद यादव यसअघि उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री भएका थिए । उनलाई मुद्दाको किनारा नलाग्दासम्म निलम्बित गरिएको हो । 

सुझावित समाचार