बन्दुक र ४१ राउन्ड गोलीसहित एकजना पक्राउ

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

जंगली जनावरको सिकार गर्ने बन्दुक र ४१ राउन्ड गोलीसहित सप्तरी प्रहरीले एकजनालाई पक्राउ गरिएको छ।

जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका– २ स्थित कोशी बाँधछेउमा जंगली जनावरको सिकार गरिरहेका राजविराज– ५ का शैलेशकुमार झालाई बन्दुक र ४१ राउन्ड गोलीसहित नियन्त्रणमा लिइएको हो।

सप्तरी प्रहरी प्रमुखका अनुसार पक्राउ गरिएका झाले सिकार गरेका दुई जंगली जनावरसमेत नियन्त्रणमा लिइएको गजुसिद्धि बज्राचार्यले बताए। 

सुझावित समाचार