लुम्बिनीमा गठबन्धनका दुवै उम्मेदवार विजयी

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशबाट सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

दुई सिटका लागि भएको निर्वाचनमा दुवै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन्।

महिलामा कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यमा माओवादीका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन्। आधिकारिक घोषणा हुन भने बाँकी छ।

एमालेबाट अन्यमा झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलामा तुलसाकुमारी केसी, राप्रपाबाट महिलामा विजयालक्ष्मी सिंह र अन्यमा निरञ्जनकुमार थापा तथा जनमतबाट अन्यमा बालगोविन्द चौधरीको उम्मेदवारी परेको थियो । 

सुझावित समाचार