गीतकार डम्बर यक्सो लिम्बूको ‘मुस्कान छैन’ सार्वजनिक

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

गीतकार डम्बर यक्सोको ‘मुस्कान छैन’ गीत सार्वजनिक भएको छ।  गीतमा भ्वाइस अफ नेपाल सिजन ५ को नकआउट चरणमा पुगेकी गायिका स्मिता प्रधानको स्वर रहेको छ भने दिनेश बान्तवाको संगीत रहेको छ।

देवेश राईको एरेन्ज रहेको गीतको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो। सेवा इन्टरटेनमेन्ट च्यानलमा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

भिडियोमा जयन्द्र कुँवरको छायांकन, सोनु विश्वकर्माको शृंगार र जीवन मुकारुङको सम्पादन रहेको छ।

सुझावित समाचार