स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित चारजना पक्राउ

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए। उनले भने, ‘राजस्व अनुसन्धान विभागको टोलीले करिब रु. दुई करोड ३० लाखजति रकमसहित चारजनालाई पक्राउ गरेको छ।’

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ। बरामद गरिएको रकम हुन्डी कारोबारको हुन सक्ने अनुमान गरिएको छ। 

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुंगानाले बताए।

सुझावित समाचार