भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खसेको छ । भे.१ख ३९१२ नम्बरको बस बाँकेको नेपालगन्जबाट काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेको हो । 

शुक्रबार राति साढे १० बजेतिर पुलबाट बस खसेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए ।

पुलबाट खसेको बस राप्ती नदीको किनारमा रहेको बगरमा बजारिएको छ । 

इन्स्पेक्टर सिंहका अनुसार अहिले उद्धार कार्य चलिरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन सकेको छैन ।

सुझावित समाचार