उडानका क्रममा विमानको झ्याल फुटेपछि आपत्कालीन अवतरण

आइतबार, २२ पुष, २०८०
डिजिटल संस्करण

अमेरिकाको ओरेगन राज्यमा उडानका क्रममा एउटा विमानको झ्याल फुटेपछि आपत्कालीन अवतरण गरिएको छ । १७७ जना यात्रु सवार अलास्का एयरलायन्सको विमानलाई आपत्कालीन अवतरण गराइएको हो ।

‘फ्लाइट १२८२’ को विमान पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ बजे उडेको र विमानमा चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि सुरक्षित रूपमा फर्काइएको थियो’ संघीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा)मा लेखेको छ । 

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको सिसा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुन्डिएको देखिन्छ ।

See More On

सुझावित समाचार