कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबारलाई सर्‍यो

शनिबार, २१ पुष, २०८०
डिजिटल संस्करण

आज शनिबारका लागि निर्धारित नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने बताएका छन्।

पौडेलले राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए। उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेका छन्।

सुझावित समाचार