‘बालकुमारी घटनामा श्रम र भौतिकमन्त्रीमाथि पनि छानबिन गर’

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण

बालकुमारी घटनाबारे श्रम मन्त्रालय र भौतिकमन्त्रीको भूमिकाबारे पनि छानबिन गर्न गर्न राज्य व्यवस्था समितिले निर्देशन दिएको छ।

सोमबार बिहान बसेको समितिको बैठकले बालकुमारी घटनाका सम्बन्धमा श्रम मन्त्रालय र भौतिक, पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न गर्न राज्य व्यवस्था समितिले निर्देशन दिएको हो।

साथै, समितिको बैठकले घटनामा ज्यान गुमाएका दुई युवाको परिवारलाई थप क्षतिपूर्ति, दुवै परिवारलाई रोजगारीका अवसर प्रदान गर्न सरकारलाई आग्रह गरेको छ।

घटनामा साना कर्मचारी मात्र निलम्बनमा पर्ने, तर अरू उम्कने, काम गर्नेहरूको मनोबल गिर्न नदिने गरी समस्याको समाधान गर्न समितिले निर्देशन दिएको छ। 
  

सुझावित समाचार