महोत्तरीमा ४० हजार गाँजाको बिरुवा नष्ट

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँमा लुकाइछिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको  टोलीले करिब चार बिघा क्षेत्रफलमा लगाइएका ती बिरुवा फँडानी गरेको हो।

कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाइछिपाई गाँजा खेती गरिएको भन्ने  सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको जानकारी दिए।

See More On

सुझावित समाचार