बक्यौता नतिर्ने बाँकी उद्योगकाे पनि लाइन काट्ने कुलमानको घोषणा

बिहिबार, १२ पुष, २०८०
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रक लाइनको बक्यौता नतिर्ने बाँकी उद्योगको लाइन काट्ने घोषणा गरेका छन्। 

अहिलेसम्म प्राधिकरणले नौ उद्योगको लाइन काटिसकेको जनाएको छ। उनले तत्काल बक्यौता नतिरे क्रमिक रूपमा लाइन काट्ने बताए। प्राधिकरणका अनुसार मंसिर मसान्तसम्मको तथ्यांकअनुसार ६१ उद्योगले यसबापत तिर्न बाँकी २२ अर्ब २४ करोड छ।

त्यसमा १२ अर्ब ५० करोड बक्यौता भएका चार उद्योगको गत शुक्रबार र आइतबार पाँच उद्योगको लाइन काटिएको थियो। अब बाँकी  रहेका अन्य उद्योगको पनि लाइन काट्ने उनको घोषणा छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। यद्यपि, उद्योगीले बक्यौता तिर्न आए सहजीकरण गर्न तयार रहेको उनको भनाइ छ।

सुझावित समाचार