कारको ठक्करबाट दुई युवकको मृत्यु

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण

कारको ठक्करबाट पोखरामा दुई पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा  बाग्लुङ ढोरपाटन नगरपालिका– ६ घर भई हाल पोखरा– ३ नदीपुर बस्ने वर्ष २० का ढोलेन्द्र छन्त्याल र नाम नखुलेको अन्दाजी वर्ष ३५ का पुरुष रहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

मंगलबार बिहान पोखरा– ५ प्रस्याङस्थित सिद्धार्थ बैंकअगाडि बागलुङ बसपार्कबाट जिरो किमितर्फ जाँदै गरेको बा.१३च ३७२१ नम्बरको कारले ती पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारले ठक्कर दिँदा घाइते भएका उनीहरूलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा दुवैजनालाई डाक्टरले मृत घोषणा गरे ।

घटनापछि कारचालक फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनापछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठको कमान्डमा १५ जनाको टोलीले कारलाई नियन्त्रणमा लिएको थियो । 

मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ । 
 

सुझावित समाचार