३ प्रश्न

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण

मध्यपहाडी यात्रापछि देखिएका नौ समस्या समाधानमा अब के गर्छ एमालेले ?
अधिकांश समस्या समाधानमा राज्य संयन्त्रकै महत्वपूर्ण भूमिका आवश्यक छ । त्यसैले, हामी सरकारमा रहेको अवस्थामा सरकारकै तहबाट यी समस्या समाधानमा सक्रिय हुन्छौँ । सरकारबाहिर रहेको अवस्थामा ती समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउँछौँ, दबाब दिन्छौँ । कतिपय समस्या समाधानमा सबै पार्टी र सामाजिक संघसंस्थाको पहलकदमी आवश्यक छ । युवा पलायन, बसाइँ सराइलगायत मनोवैज्ञानिक समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको संयुक्त पहल जरुरी छ । 

यस्ता समस्या देखिनुमा ०४६ पछि पटकपटक सत्तामा रहेका दलहरू कति जिम्मेवार छन् ? 
विकासको परिकल्पना पहुँचमा आधारमा नभई आवश्यकता र स्थानीय विशेषताका आधारमा गरिनुपर्छ । मध्यपहाडबाट भइरहेको तीव्र बसाइँ सराइको कारण पहिचान गरी त्यसको सम्बोधन गर्नु छ । शिक्षा, स्वास्थ्य र सडकको अनुपलब्धताले विगतमा मध्यपहाडबाट बसाइँ सथ्र्यो । अहिले सडक पुगे पनि त्यो सामान्य ट्र्याक खुलेको अवस्था मात्र छ । शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार भएको छैन । यसलाई हामीले आत्मसात् गर्नुपर्छ । युवालाई गाउँघरमै सम्भावना छ भनेर देखाउन सक्नुपर्छ । रोजगारीका सम्भावनाहरू सिर्जना गर्नुपर्छ । शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुपर्छ । यसमा हामी राजनीतिक दलहरू थप जिम्मेवार भएर लाग्नुपर्छ । 

दलहरू आफूचाहिँ सच्चिनुपर्ने दबाब छ कि छैन ?
जनता समस्यामा छन् । गाउँघर रित्तिँदै गएका छन् । आमयुवामा वैदेशिक रोजगारीको विकल्प छैन भन्ने मनोविज्ञान विकास भएको छ । यसलाई चिर्न सबै राजनीतिक दलले विगतका कमी कमजोरी हटाई एकताबद्ध भएर जानुको विकल्प छैन । 

सुझावित समाचार