प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान- २०८० देवु लुइँटेललाई

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान युवाकवि देवु लुइँटेललाई प्रदान गर्ने भएको छ।

समाजका उपाध्यक्ष चेतनाथ कँडेल ‘हरित’ र सीता भण्डारी कँडेलले आफ्ना छोराका नाममा स्थापना गरेको उक्त सम्मानको नगद राशि ११ हजार एक सय ११ रहेको छ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो। सम्मान आगामी पुस १४ गते नेपाल स्रष्टा समाजको १७औँ स्थापना दिवसको सन्दर्भ पारेर प्रदान गरिनेछ। 

०७५ सालदेखि नियमित रूपमा प्रदान गर्दै आइएको यस सम्मानबाट हालसम्म युवा स्रष्टाहरू डा. रमेश शुभेच्छु, महेश पौड्याल, अनुपम रोशी, मिलन समीर र नवराज पराजुली सम्मानित भइसकेका छन्। 

सुझावित समाचार