हुम्लाकाे सिमकोटमा आगलागी, नियन्त्रणकाे प्रयास जारी

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

हुम्लाको सिमकोट गाउँपालिका– ५ स्थित एक घरमा मंगलबार बिहान आगलागी भएको छ।

नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापतिसमेत रहेका स्थानीय वसन्त रोकायाको घरमा बिहान ९ बजे आगलागी भएको हो। आगलागीबाट घरको तेस्रो तला पूरै जलेर नष्ट भएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगो पूर्ण नियन्त्रणमा आउन सकेको छैन।

आगलागीको कारणबारे जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ। क्षतिको यकिन विवरणसमेत आइसकेको छैन।

सुझावित समाचार