स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना कर्मचारीका लागि ‘सुत्केरी बिदा लाभ’ घोषणा गरेको छ । बैंकले यही महिना (डिसेम्बर)देखि लागू हुने योजनामा कर्मचारीले कम्तीमा २० हप्ता अर्थात् एक सय ४० दिन सुत्केरी बिदाबराबरको भुक्तानी पाउने योजना ल्याएको हो ।
कर्मचारीलाई सुत्केरी बिदा दिनेमा स्ट्यान्डर्ड पहिलो बैंक रहेको बैंकले दाबी गरेको छ । यसको उद्देश्य अभिभावकलाई आफ्ना बालबालिका हेरचाह गर्ने जिम्मेवारीमा समान सहभागिताको क्षमता प्रदान गर्ने र यसका लागि एक सय ४० दिन राखिएको जनाइएको छ ।
‘बच्चालाई परिवारमा स्वागत गर्नु महत्वपूर्ण अवसर हो,’ बैंकका मानव संसाधन प्रमुख राजन उदासले भने, ‘यसमा बैंक आफ्ना सहकर्मीको समर्थन गर्न चाहन्छ । यसो गर्दा उनीहरूले व्यक्तिगत र काम दुवैमा सन्तुलन बनाउन सक्छन् ।’