बालिका बलात्कारका प्रतिवादी सात वर्षपछि पक्राउ

बिहिबार, १४ मंसिर, २०८०
डिजिटल संस्करण

बालिका बलात्कारका एक प्रतिवादीलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले  रामप्रसाद राई गाउँपालिका– १ का सुन्दर राईलाई बुधबार पक्राउ गरेको हो।

बलात्कार मुद्दामा राई अदालतबाट समेत दोषी ठहर भएका फरार अभियुक्त भएको भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदीपराज पाठकले बताए। अदालतले गत वर्ष माघ १८ गते उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । १९ असोज ०७३ मा उनले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार