भूकम्प अपडेट : १५७ जनाको मृत्यु, ३७५ जना घाइते

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। गृह मन्त्रालयका अनुसार जाजरकोटलाई केन्द्रविन्दु बनाई गए राति गएको उक्त भूकम्पमा परी घाइते हुनेको संख्या ३७५ पुगेको छ।

सामान्य घाइतेहरूको स्थानीय र जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरूको हवाई उद्धार गरी काठमाडौं, सुर्खेत तथा नेपालगन्जमा उपचार भइरहेको छ। भूकम्प प्रभावितको उद्धार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जुटेको छ। प्रभावित क्षेत्रमा एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकोप्टर तथा जहाजको प्रयोग गरेको छ।

सुझावित समाचार